आज बोलाइएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी स्वरुप आज तय भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टीका अधिकांश स्थायी कमिटि सदस्य उपत्यका बाहिर रहेको कारण देखाउँदै माओवादी केन्द्रले बैठक स्थगित गरेको हो ।

अर्को बैठकको मिति समेत तोकिएको छैन । यसअघि नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेसँगै माओवादीले केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको थियो ।