आज बोलाइएको संसद बैठक २६ माघसम्मका लागि सारियो

काठमाडौं । आइतबार बस्ने गरि बोलाइएको प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेसम्म स्थगित गरेको हो । त्यसो त दलहरबीच सहमति नबन्दा एमालेले संसदमा लगातार अवरोध गरिरहेको छ । सचिवालयका अनुसार आइतबार दिउँसो १ बजे बस्ने गरि बोलाइएको बैठक अब माघ २६ गते बुधबार दिउँसो १ बजे बस्ने गरि सारिएको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार बैठक सारिएको हो ।