काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीमाथि अहिले नैतिकताको प्रश्न उठेको छ । एम अधिकारी नामक छम्द नामबाट उनलाई नेकपा एमालले अर्थ विभागको सदस्य बनाएपछि विवदा उत्कर्षमा रहेको छ । वर्तमान सरकार र निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेको आरोप सोहीकारण पुष्टी हुने तर्क गरिरहेका बेला उनले चालु आर्थिक वर्ष २०७९\८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछन् । अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार बिफ्रिङ सकेको राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउन लागेको हो छ ।
मौद्रिक नीतिको मस्यौदाबारे बिहीबार बिहान गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, अर्थसचिव मधुकुमार मरासिनीलगायत उच्च पदाधिकारी र बेलुका प्रधानमन्त्री देउवालाई ‘ब्रिफिङ’ गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री देउवाको ‘ग्रिन सिग्नल’ दिएका थिए । शुक्रबार बिहान सञ्चालक समिति बैठकले निितलाई अन्तिम रुप दिनेछ । अहिले अर्थतन्त्र सहज अवस्थामा नभएको अवस्थामा आउने मौद्रिक नीतिले अर्थतन्त्रमा कस्तो सम्बोधन गर्छ भन्ने चासोका साथ हेरिएको छ ।