आहा ! रारा गोल्डकप: भुटनिज युथ स्पोर्टस् अमेरिका फाइनलमा

काठमाडौं । भुटानी शरणार्थीहरुको क्लब भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका (बीवाईएसी) आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो ।

भुटानी युथको लागि खेलको ४६ औं मिनेटमा रोजिन प्रजापतिले गरेको गोल नै निर्णायक बन्यो । भुटानी युथ स्पोर्टस् बीवाईएसीको प्रतियोगितामा यो दोस्रो सहभागिता हो । बीवाईएसी अघिल्लो संस्करणको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

उपाधिका लागि अब संकटासँग सामना गर्नेछ ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रूपैयाँ पाउने छन् ।