इजरायल र प्यालेस्टाइन बीच चर्कियो युद्ध, कम्तिमा ३१ मारिए

Photo : microsites-live-backend.cfr.org

काठमाडौं\एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो केही दिन यता गाजामा क्षेत्रमा फैलिएको हिंसामा परि कम्तिमा ३१ जना मारिएका छन् । बीबीसीका अनुसार संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति दूत टोर वेन्स्ल्यान्डले यी दुई मुलुकबीच गाजामा चर्किरहेको सङ्घर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिएका छन्।

इजरायल र प्यालेस्टाइनबीच तनाव चर्कँदै गर्दा विद्रोहीहरूले इजरेली सहर तेल अभिभमा रकेट हमला गरेका छन्। उता, इजरायलले समेत हवाई हमला गरि गाजा क्षेत्रमा एउटा भवन ध्वस्त पारिदिएको बीबीसीले लेखेको छ । गाजामा एउटा भवन परिसर ध्वस्त पारिएपछि प्यालेस्टिनी विद्रोहीहरूले इजरेली शहर तेल अभिभमा १३० वटा क्षेप्यास्त्र प्रहार गरेको खबर छ ।

भवनमा बसिरहेका मानिसहरू तथा स्थानीय बासिन्दालाई त्यहाँबाट अन्यत्र जान चेतावनी दिएको डेढ घण्टापछि गाजास्थित १३ तले भवनमा हमला गरिएको हो । यी हमलामा कम्तीमा ३१ जनाको ज्यान गएको पुष्टी भइसकेको छ । इजरायलमा तीन र प्यालेस्टिनी क्षेत्रमा २८ जनाको ज्यान गएको हो ।