काठमाडौं, एजेन्सी । इजरेली सेनाले गाजा पट्टीमा प्यालेस्टीनी विद्रोहीविरुद्धको आक्रमणलाई तीव्र पारेको खबर छ । बीबीसीका अनुसार इजरायलले स्थलसेनाको ठूलो फौस सीमानामा पठाएको छ । अब उसले हवाई र स्थल फौजका माध्यमबाट निशानाहरूमा नयाँ कारबाही थालेको हो । गाजाको उत्तर र पूर्वमा फौजी डुङ्गा, लडाकू विमान र हेलिकप्टरको प्रयोग गरी व्यापक गोलाबारी गरिएको खबर बीबीसीले छापेको छ ।
रिर्पोटमा जनाए अनुसार यहाँ ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १ सय नाघेको छ। प्यालेस्टाइनले गरेको रकेट हमलामा इजरायलमा सात जनाको ज्यान गएको छ । इजरायलले भने गाजासँगको आफ्नो सीमामा थप ट्याङ्क र फौजहरू परिचालन गरेको हो । आवश्यक परेको बेलामा खटाउन सकिने भनेर तयार राखिएका ७ हजार सैनिकलाई काममा बोलाएको छ । गाजा र इजरेलमा चार दिन यता भइरहेका हिंसा सन् २०१४ यताकै खराब भएको बताइएको छ ।