मिलान । इटालीको मिलान शहर नजिक एक सुपरमार्केटमा अन्धाधुन्द छुरा प्रहार भएको छ । सो क्रममा एक जनाको मृत्यु भएको छ । आर्सनलका डिफेन्डर पाब्लो मारी घाइते भएका छन् ।
सुपर मार्केकटमा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको अन्य पाँच जना घाइते भएको पुलिसले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
घाइते हुनेमध्ये आर्सनलबाट लोनमा इटालियन क्लब मोन्जा पुगेका मारी पनि छन् । २९ वर्षीय ब्राजिलियन डिफेन्डर इटालियन क्लब मोन्जाबाट लोनमा खेलिरहेका छन् ।
स्थानिय मिडियाको रिपोर्ट अनुसार ३० वर्षीय सुपरमार्केटको क्यासियरको भने मृत्यु भएको छ ।
पुलिसले ४६ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको छ । पुलिसले कुनै आतंककारी मनसाय हुन नसकेको बताएको छ । रिपोर्टहरूका अनुसार आक्रमणकारीलाई मानसिक स्वास्थ्य समस्या थियो र उसले सुपरमार्केटको सेल्फबाट हतियार खोसेको थियो।
उक्त व्यक्तिले स्थानीय समय अनुसार साढे ६ बजे सुपरमार्केटमा अनियमित रूपमा मानिसहरूलाई छुरा प्रहार गर्न थालेको थियो ।