इन्दिरा र शरद विवाह बन्धनमा बाँधिए

काठमाडौं । गायिका इन्दिरा जोशीले र शरद केडिया विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त सहभागी भए । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने तयारी गरेका छन् । इन्दिरा र फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए ।