काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा प्रतिस्पर्धी खेलमा चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । गतराति सम्पन्न खेलमा चेल्सीले टोटनह्यामविरुद्ध १–० गोल अन्तरको संघर्षपूर्ण जीत निकालेको हो ।
चेल्सीलाई जिताउन खेलको २४ औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो ।
जितपछि चेल्सी अंक तालिकाको छैठौं स्थानमा उक्लन समेत सफल भएको छ । पराजित टोटनह्याम भने आठौं स्थानमा झरेको छ । चेल्सीले २२ खेलबाट ३६ अंक भएको छ । टोटनह्यामको २१ खेलमा ३३ अंक रहेको छ । लिगको पहिलो स्थान र दोस्रो स्थानमा भने म्यानचेस्टर सीटी र यूनाइटेड रहेका छन् ।