इपीएल : साउथह्याम्टनको पोष्टमा म्यान्चेस्टर युनाइटेडको ९ गोल

Photo : Goal.com

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनविरुद्ध रवाफिलो जित हाँसिल गरेको छ । गएराति म्यान्यूको घरेलु मैदानमा सम्पन्न खेलमा साउथह्याम्टनलाई ९ – ० गोल अन्तरले हरायो । जितपछि युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी समेत गर्न सफल भएको छ । गोल अन्तरमा युनाइटेड दोस्रो स्थानमा छ ।

युनाइटेडको २२ खेलबाट ४४ अंकमा पुगेको छ । २० खेल खेलेको सिटीको ४४ अंक छ । पराजित साउथह्याम्टन २९ अंक जोडेर १२ औं स्थानमा रहेको छ । लीगमा गएराति सम्पन्न अन्य खेलमा सेफिल्ड युनाइटेडले वेष्ट ब्रोमलाई २ –१ गोल अन्तरले हरायो । क्रिस्टल प्यालेसले न्यूक्यासललाई र वुल्भ्स्ले आर्सनललाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ ।