काठमाडौं । युरोपियन युनियनले नेपाली नागरिक उडड्न क्षेत्रमा व्यापक सुधार भएको भन्दै प्रशंसा गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारी आज जारी गरेको वक्तब्यमा इयूले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने समेत संकेत गरेको छ। अन्तर्राष्ट्रिय नेपालले पछिल्लो समय सुरक्षामा महत्वपूर्ण सुधार गरेको भन्दै यस्तो संकेत गरेको हो ।
नेपाल सन् २०१३ यता इयूको कालोसूचीमा रहेको छ । जसले गर्दा नेपाली जहाज यूरोपमा गएर उड्न सक्दैनन् । सुरक्षित हवाइ उडानका लागि नेपाल सरकार र युनियनका सदस्य राष्ट्रहरूको संयुक्त प्रयास भइरहेको इयूको भनाई छ ।
नेपाल सरकारले हवाई सुरक्षा अभिवृद्धिमा गरेका प्रया प्रशंसनीय रहेको भन्दै इयूले हवाई सुरक्षाका चुनौतीसँग जुध्न बनाइएका संयन्त्रले सकारात्मक भूमिका खेल्ने उल्लेख छ । सरकारले नेपालमा नियामक र सेवा प्रदायक गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको संस्थागत संरचना बदल्न लागेको छ । यस सम्बन्धी विधेयक अहिले संसदमा विचाराधीन छ ।