उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा भेटियो

पोखरा । उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा भेटिएको छ ।

आज सोमबार मध्याह्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएको हो ।

जहाजमा मुसा देखिएपछि उक्त विमानको उडान स्थगित गरिएको छ ।

यती एयरको सो जहाज ११ बजेर ५० मिनेटमा उडान नम्बर ६७८ मार्फत काठमाडौं जाने तयारीमा थियो ।