उपत्यकाका तीन पालिका हैजाको ‘रेड जोन’मा

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको छ ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शनिवार थप तीन जनाका संक्रमण पुष्टी भएको छ ।

काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण भेटिएको छ । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या ३० पुगेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौंका तीन पालिका हैजा संक्रमणको ‘रेड जोन’मा परेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका संक्रमितको संख्याका आधारमा रेड जोनमा परेका हुन् ।

महाशाखाले तीनजनाभन्दा बढी संक्रमित भएको पालिकालाई रेड जोनमा राखेको छ ।

उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि बिरामीको संख्या बढ्दै आएको छ।

काठमाडौं, ललितपुर महानगरले पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।