काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
गौतमका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंमा १सय २६, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना रहेका छन्।