काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको छलफलपछि भदौ १७ गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेका हुन् ।
उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो ।
यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णयको समय आज मध्यराति सकिँदैछ । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।