काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा गुड्न सार्वजनिक सवारी साधनमा लुटपाट गर्ने ८२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनीहरुले उपत्यकाको चक्रपथ रुटमा चल्ने सार्वजनिक बसमा लुटपाट गर्दै आएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा ४ महिला र ७८ पुरुष रहेको प्रहरीले उल्लेख गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले एक महिनाको समयमा चलाएको स्वीप अपरेशनबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने अधिकांश पकेट मार लुटेरा रहेको प्रहरीले जानकारी दिएको छ ।
कतिपय लूटेरा यसअघि ९ पटकसम्म पक्राउ परिसकेका अभियुक्त पनि छन् । परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार पक्राउ परेका मध्ये अधिकांशले निजी कम्पनीले चलाउने सार्वजनिक बसमा पाकेट मार्ने गर्थे ।
साझा बाहेक अन्य बसमा उनीहरुको चहलपहल बढी थियो । पकेटमार लुटेराले कोड भाषा प्रयोग गरी यात्रुलाई लुट्ने गर्थे ।