काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दुई साता थप्ने निर्णय भएको छ ।
कोरोना भाइरस संक्रमणको दर दिनहुँ बढिरहेकाले यसको रोकथामका लागि कडाइका साथ १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गरिने छ।
पार्टी प्यालेसमा हुँदै आएको विवाह, ब्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको छ ।
अत्यावश्यक सामग्री खरिदमा भीडभाड भएकाले बिहान १० बजेसम्म खुला गरिने भएको छ। यसअघि ९ बजेसम्म मात्र खुला गर्न दिइएको थियो।
काठमाडौं उपत्यकामा यसअघि जारी दुई साताको निषेधाज्ञा समय बुधबार राति १२ बजे सकिँदैछ।