अमृता के सी ( रोनी )
काठमाडौँ ।उप्रेती समाजसेवा समितिको बार्षिक साधारणसभा तथा सम्मान वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा समाजका पूर्व अध्यक्ष तथा पूर्व प्रमुख निर्बाचन आयुक्त श्री निलकण्ठ उप्रेती प्रमुख अतिथि रहेको कार्यक्रममा डा. बिष्णु राज उप्रेती तथा प्रहरी सेवाबाट निबृत गिता उप्रेती बिशेष अतिथि रहेका थिए । उप्रेती समाजसेवा समिति तथा लक्ष्मी देबि – गंगा प्रसाद उप्रेती स्मृति प्रतिष्ठानको संयुक्त सम्मान र पुरस्कार वितरण समारोहमा विभिन्न ५ वटा सामाजिक सेवामा कार्यरत संस्था सम्मानित भएका थिए ।
समाजका महासचिब लक्ष्मण प्रसाद उप्रेतीले स्वागत मन्तब्य र बरिष्ठ उपाध्यक्ष ओम प्रसाद उप्रेतीले धन्यबाद ज्ञापन गरेको कार्यक्रममा उपाध्यक्ष डा. धर्म राज उप्रेतीले दाताको सहयोग हस्तान्तरणमा समन्वय गरेका थिए । सम्मान बितरण कार्यक्रममा अक्षय कोषदाताको तर्फबाट श्री तुलसि प्रसाद उप्रेती र लक्ष्मी देबि – गंगाप्रसाद उप्रेती स्मृति प्रतिष्ठानको तर्फबाट श्री प्रेम प्रकाश उप्रेतीले मन्तब्य राखेका थिए । दुबै कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष मोहन कृष्ण उप्रेतीले गरेका थिए ।

त्यस्तै अक्षय कोषबाट समाजसेवी सुनौलो पाईलाको रोजिना बिष्ट र आवाज संस्थाका ईरादा पराजुली गौतमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।उप्रेती समाजसेवा समितिलाई विशेष सहयोग गर्ने ई. मन्जिल उप्रेती तथा होटल तपसका संचालक खेमराज उप्रेतीलाई प्रशंसापत्रले सम्मान गरिएको थियोे । समाजको साधारणसभामा आ.ब. २०७६ र ७७ को बार्षिक तथा आर्थिक प्रतिबेदन पारित भएका थिए । सभामा समाजको भावी रणनीतिको बारेमा छलफल भएको थियो ।
