अमृता के सी ( रोनी ) काठमाडौँ, मंसिर ४ ।नेपाली काँग्रेस १४ औं अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ३ ( ख) को सभापतिमा बिमल ठकुरी अत्याधिक मतले निर्वाचित भएका छन्।
शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित सुनगाभा पार्टी प्यालेसमा सम्पन्न उक्त अधिवेशनको उपसभापति बच्चुराम शर्मा कुइकेल र बिकेस श्रेष्ठ, सचिवमा जयराम महत र मुरारी प्रसाद भण्डारी निर्वाचित भएका छन् भने सहसचिवमा इन्दिरा ढकाल (दाहाल) र रेखा बस्नेत निर्वाचित भएका छन् ।
अमृता के सी ( रोनी ) काठमाडौँ, मंसिर ४ ।नेपाली काँग्रेस काठमाडौं १४ औं अधिवेशन अन्तर्गत क्षेत्र नं ३ ( क) को सभापतिमा श्रीराम चालिसे निर्वाचित भएका छन् । उक्त अधिवेशनमा चालीसेको प्यानल विजयी भएको छ। चालिसेको प्यानलबाट उपसभापतिमा केशव प्रसाद पुडासैनीले र पविन भट्ट निर्वाचित भएका छन् भने सचिवमा पनि सोहि प्यानलका ईश्वर पुडासैनी र राजेश थापा, सह सचिवमा लक्ष्मी पुडासैनी (दुर्गा) र गंगा लामा निर्वाचित्व बनेका छन् ।
शुक्रबार सम्पन्न अधिवेशनमा सभापतिमा विजयी बनेका चालिसेले ७६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी चन्द्रदिप लामा ( काजु )ले ५३ मत प्राप्त गरेका थिए।
काठमाडौं, मंसिर ३ । नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र नं ४ प्रदेश ( क) काे १४ औँ अधिवेशनको सभापतिमा विमल होडा निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा समितिको उपसभापतिमा राजनराज थापा र भाेला थापा, सचिवमा गाेपालप्रसाद आचार्य र सुजन सङ्गत निर्वाचित भएका छन् भने सहसचिवमा विद्या ढुङ्गाना र रूपा थापा क्षेत्री निर्वाचित भएका छन्।
उक्त अधिवेशनमा हाेडाले ७६ मत प्राप्त गरे भने उपबिजेता दिनेश मालीले ४६ मत प्राप्त गरेका थिए।
अमृता के सी ( रोनी ) काठमाडौँ, मंसिर ३। नेपाली काँग्रेस काठमाडौं १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्र नं ४ ( ख ) को सभापतिमा रामप्रसाद लुइँटेल निर्वाचित भएका छन्।
बूढानिलकण्ठ नगरपालिका वडा नं १० मा भएको अधिवेशनले लुइँटेललाई सभापति सहित कार्यसमितिको उप सभापतिमा श्यामकृष्ण श्रेष्ठ र दिलिप खत्री, सचिवमा मनोज सिग्देल र अम्बिका राना, सहसचिवमा मदनदास श्रेष्ठ र प्रमोद अधिकारी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा शर्मिला कार्की चयन भएकी छिन्।
त्यसैगरी प्रदेश प्रतिनिधिहरुमा: शर्मिला कार्की,बाबुराम लामा, सानुकान्छा श्रेष्ठ, ध्रुव खड्का, रेखा परियार, ज्ञान माया श्रेष्ठ, गोकुल बरुवाल, बिष्णु माया खत्री, सन्तोष खड्का, खिला नाथ सापकोटा,नारद प्रसाद भण्डारी, संजय अर्याल, बिशु प्रकाश के.सी., शशी प्रसाद शर्मा, केशव ढकाल, कान्ता दाहाल, सुलोचना पौडेल र हरीरत्न श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
अमृता के सी ( रोनी ) चितवन, कात्तिक ३०। नेपाल जेसीजको आयोजना तथा नारायणगढ लेडि जेसीजको आतिथ्यतामा १४ औं राष्ट्रिय लेडी जेसीज एकेडेमी चितवनमा आइतबार सम्पन्न भएको छ ।
लेडी जेसिज एकेडेमीका निर्देशक कृृति गुुभाजुु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल, नारायणगढ लेडि जेसीजकी २०२१ शाखा अध्यक्ष सम्झना प्रधान, सह संयोजक नारायणगढ लेडि जेसीजको पूर्व अध्यक्ष जेसी कृृपाराज भण्डारी लगायत नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरु, पूर्व राष्ट्रिय पदाधिकारीहरु, नेपाल भरीका शाखाका शाखा अध्यक्षहरु, प्रत्येक शाखाका कार्य समिति पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेका थियो ।
कार्यक्रममा महिलाहरुको क्षमता र व्यक्तित्व विकासका लागि तालिम तथा अभिमुुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । तालिममा प्रशिक्षण सन् १९९८ का राष्ट्रिय अध्यक्ष डा. दिपक शाक्य र नारायणगढ लेडि जेसीजको तालिम आयुुक्त २०२१ अनिता श्रेष्ठ अधिकारीले दिएका थिए। उक्त दुई दिने लेडि एकेडेमी कार्यक्रममा उपस्थित जेसीज पदाधिकारीहरु, शाखाका कार्य समिति पदाधिकारीहरु र सदस्यहरुलाई प्रमाण पत्र र प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले कार्यक्रम धेरै फलदायी बताउँदै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा नेपाल जेसिज अग्र पङ्क्तिमा रहेको बताए। साथै कार्यक्रममा सहभागी सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
अमृता के सी ( रोनी ) काठमाडौं, कात्तिक २५। अनन्त गोकर्णेश्वर नगरपालिकाको जोरपाटी सुन्दरीजल सडक कालोपत्रे हुने भएको छ।लामो समय देखिको स्थानियहरुको चासो र समस्या बनेको उक्त सडक खण्ड कालोपत्रे सम्बन्धि नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले जारी गरेको उक्त सूचनामा जोरपाटी सुन्दरीजल सडक यहि २०७८ साल कात्तिक २७/ २८ गते कालोपत्रे (पिच) हुन गइरहेको र सडक निर्माण कार्यलाई बलियो र मजबुत बनाउन कालोपत्रे (पिच) गर्नु भन्दा एक हप्ता अगाडी देखि सडकलाई सुख्खा राख्नु पर्ने हुँदा कोहि कसैका तर्फबाट सो सडकमा पानि राख्ने/पानी पोख्ने कार्य नगरी सहयोग गरिदिन सडक किनाराका आम नागरिक लगायत सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।
अमृता के सी ( रोनी ) काठमाडौँ, कात्तिक १७। गोकणेश्वर नगरपालिका वडा नं ९ स्थित असहाय बालगृह ‘सुनौलो पाइला’ ले आज एक कार्यक्रम बिच संस्थाको तेस्रो स्मारिका विमोचन गरेको छ । बागमती प्रदेश सांसद छिरिङ्ग दोर्जे लामाको प्रमुख आतिथ्यतामा स्मारिका विमोचन गरिएको हो।
जोरपाटी स्थित पिस बेङ्क्वेटमा संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज) को सभापतित्वमा आयोजित समारोहमा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, प्रमुख सल्लाहकार दिपक रिसाल लगायत स्थानिय जनप्रतिनिधि, समाजसेवी, महिला समुहहरूको प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा संस्थाको स्मारिका विमोचन गरिएको हो ।२०७५ सालमा २ जना असहाय बालबालिकालाई आश्रय दिएर सुरु भएको संस्थामा अहिले १२ जना बालबालिका आश्रित छन् ।बालबालिकाहरुको सुनौलो भविष्य निमार्णको लागी एउटा बच्चाले आफ्ना अभिभावक सहितको सम्पूर्ण सेवा सुविधाका साथै अतिरिक्त क्रियाकलापमा समेत संस्थाले महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै भोलिको दिनमा सुनौलो पाइलालाई हाक्न सक्ने व्यक्ति बनाउन लागि परेको जानकारी संस्थाकि अध्यक्ष बिष्टले बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले ´नगरपालिकाले संस्थाको आफ्नै भवन बनाउन छिट्टै जग्गा उपलब्ध गराउने` आश्वासन दिएका छन् ।कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रदेश सांसद छिरिङ्ग दोर्जे लामाले सामाजिक क्रियाकलापमा हातेमालो गर्न सबैलाई अनुरोध गरे ।साथै सुनौलो पाइलालाई भवन निमार्णको लागि जग्गा उपलब्ध गराउने नगर प्रमुखको भनाइलाई सम्मान गर्दै जग्गा प्राप्ति पछि भवन निर्माणकार्यको लागि प्रदेश सरकारबाट आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अमृता के सी ( रोनी ) काठमाडौँ, कात्तिक १२। पूर्व उपप्रधानमन्त्री एवं नेपाली कॉंग्रेसकी नेत्री सुजाता कोईरालाले आफ्ना पिता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोईरालाले प्रयोग गरेका सामानहरु बी.पी. संग्रहालय सुन्दरीललाई हस्तान्तरण गरेकी छिन् ।
गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित बी.पी. संग्रहालय सुन्दरीलका अध्यक्ष परशुराम पोखरेलका अनुसार पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले गिरीजा बावुको पार्थिब शरिरको दाह संस्कारका बखत निकालिएको अस्तु एवं उनले लगाएका कपडाहरू कोट, दौरा, सुरुवाल, अक्सिजन, मास्क साथै प्रयोग गरेका कप, प्लेट र चम्चा लगायतका सामग्रीहरु संग्रहालयलाई मंगलबार एक कार्यक्रम बिच हस्तान्तरण गरेकी छिन् ।ति सामग्रीहरु संग्रहालयमा सुरक्षित रुपमा प्रदर्शनमा राखिने अध्यक्ष परशुराम पोखरेलले जानकारी गराए । साथै यी दुबै इतिहॉंस पुरूष बी.पी. कोइराला एवं गिरीजी प्रसाद कोइराला सहोदर दाई,भाई नेपालको राजनितीक फाँटको उच्चतम स्थानमा रहेको बताउदै बि. पि. संग्राहलयमा नै नेपाली काँग्रेसका धरोहरका सामाग्री राख्न पाउँदा खुसी व्यक्त गरेका छन् ।
अमृता के सी ( रोनी ) काठमाडौँ, कात्तिक १० । नेपाल कम्युनिस्ट पार्टी एमाले बूढानीलकण्ठ नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रदिप डङ्गोल सर्वसम्मत निर्वाचित भएका छन् । उक्त अधिवेशनले नगर कमिटीको उपाध्यक्षमा शम्भु भट्टराईलाई निर्वाचित गरेको छ भने सचिबमा श्री कृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। त्यसैगरी उप सचिवमा सुनिता गुरुङ र दोर्जे लामालाई निर्वाचित गरेको सो अधिवेशनले ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।
बिहान ११ बजेदेखि सुरु भएको अधिवेशन कार्यक्रमलाई खुल्ला र बन्द सत्र गरी २ भागमा बाडिएको थियो । बूढानीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको अमुप्रस्थ पार्टी प्यालेसमा मंगलबार सम्पन्न उक्त अधिवेशनको विशेष अतिथीमा पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, प्रदेश कमिटी सदस्य एवं बूढानीलकण्ठ नगर प्रमुख उद्दव खरेल, प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी, संगम गहतराज, काठमाडौं जिल्ला कमिटी सचिब एवं बागमती प्रदेशको संसदीय दलको प्रमुख सचेतक दिपक निरौला, निर्वाचन मण्डलको अध्यक्ष एंव नेकपा एमाले काठमाडौँ जिल्ला कार्यालय सचिब बिदुर बिक्रम खड्का लगायत जिल्ला कमिटीका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो।
धेरै युवापुस्ता कमिटीमा आउन खोजेपनी सिन्डिकेट जस्तो स्थित खडा भइ थोरै मात्र युवामा नगर कमिटी आएकोले थोरै आक्रोश र तनाव बिच रातको ११:४० मा निर्वाचन सर्वसम्मत सम्पन्न भएको छ।
अमृता के सी ( रोनी ) काठमाडौँ, कात्तिक १०। नेपाल कम्युनिस्ट पार्टी एमाले गोकर्णेश्वर नगर कमिटीको अध्यक्षमा उद्दब बिष्ट निर्वाचित भएका छन्। उक्त अधिवेशनले नगर कमिटीको उपाध्यक्षमा लक्ष्मण श्रेष्ठलाई निर्वाचित गरेको छ भने सचिबमा राजु राणा मगर निर्वाचित भएका छन्। त्यसैगरी उप सचिवमा सुदिप ढुङ्गाना र ज्ञानदेवि श्रेष्ठ निर्वाचित गरेको सो अधिवेशनले ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।
नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित ड्रिम हाउस इन्टरनेसनलमा भएको नगर अधिवेशनले उद्दब बिष्टलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो।
काठमाडौँ, कात्तिक ८। बूढानीलकण्ठ नगरपालिकाका अन्तर्गतका १३ वटै वडामा सर्वसम्मत वडा कमिटी गठन सम्पन्न गरेको नेकपा एमाले नगर अधिवेशनको तयारीमा जुटेको छ।नेकपा एमाले बूढानीलकण्ठले कात्तिक ९ गते नगर अधिवेशन वडा नं ७ मा रहेको अमुप्रस्थ पार्टी प्यालेसमा आयोजना गर्दै नगर अधिवेशन तयारीको अन्तिम चरणमा पुगेको हो ।आगामी केन्द्रिय महाधिवेशनको तयारी स्वरुप भर्खरै विधान महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले शनिबार देशैभरी वार्डस्तरीय अधिवेशन एकैपटक सम्पन्न गरेको थियो ।
कार्तिक ६ गतेबाट वडा अधिवेशन सम्पन्न गरेको नेकपा एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तहरुमा व्यापक उत्साह देखिएको भन्दै नगर कमिटी अध्यक्ष प्रदिप डंगोलले कार्तिक ९ गतेको लागि नगर अधिवेशन तयारीको अभियान शुरु गर्ने बताएका छन् ।
१९ सय भन्दा बढी संगठित सदस्य रहेको नेकपा एमाले बूढानीलकण्ठको अधिवेशन कार्तिक ९ गते बिहान ११ बजे अमुप्रस्थ पार्टी प्यालेसमा हुने जानकारी दिदै डंगोलले व्यापक सहभगिताका लागि नगरवासीमा उनले अनुरोध समेत गरेका छन्।
अमृता के सी ( रोनी ) काठमाडौँ, कात्तिक ६ । नेकपा एमाले बूढानीलकण्ठ ११ वडा कमिटीको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई निर्वाचित भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले कृष्ण प्रसाद भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। शनिबार भएको वडाको अधिवेशनले भट्टराईको नेतृत्वमा ३१ सदस्य कमिटी चयन गरेको हो ।
को – को बने प्रतिनिधि ? अध्यक्ष:-कृष्ण प्रसाद भट्टराई उपाध्यक्ष:- प्रकाश कटुवाल सचिव:- अंगुर पौडेल उप सचिव:-भोलानाथ दाहाल र अनिता सापकोटा नेपाल सदस्य:-गीता मिश्र पुडासैनी ,महेश्वर खड्का, ज्ञान प्रसाद पोखरेल, भवानी भट्टराई देउजा, सरस्वती न्यौपाने, टेकबहादुर गुरुङ, रत्न नगर्ची दर्जी, तोयानाथ खतिवडा, सुर्य बहादुर लामा, तेज कुमारी बोगटी, राजु पौडेल, बिष्णु माया खड्का, दिल बहादुर कार्की, रामकृष्ण मैनाली गीता ज्ञवाली रवीदेबी गोदार, सुशिला सुनार, गोपाल मोक्तान, मनबहादुर प्रजा ,समिर लामा, दिलिप राउत क्षेत्री, डिल्ली प्रसाद ओली, बर्षा सुनार, स्वस्तिका सुनार, र महेश्वर केसी सदस्यमा निर्वाचित भएका छन्। उक्त अधिवेशनमा प्रदेश कमिटी सदस्यहरु उद्दव खरेल, मिठाराम अधिकारी र संगम गहतराजको उपस्तिथि रहेको थियो।
अमृता के सी ( रोनी ) काठमाडौँ, कात्तिक ६ । नेकपा एमाले गोकर्णेश्वर वडा नं ३ को वडा कमिटीको अध्यक्षमा बुद्धि बहादुर श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्टको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको वडा अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो।
को-को बने प्रतिनिधि ? अध्यक्ष :-बुद्धि बहादुर श्रेष्ठ उपाध्यक्ष:- सुजन पौडेललाइ सचिब:- नबिनराज बिष्ट उप सचिव:- सचिन लामा र रजनी अर्याल भण्डारी सदस्य:- उमेश बिष्ट, रामेश्वर बिष्ट, उज्ववल बिष्ट, दिपेन्द्र बिष्ट, दशरथ गिरी, सुरेन्द्र बिष्ट,रामचन्द्र श्रेष्ठ, सुर्य बहादुर लामा, सुरेश लामा, विकास लामा, मोहन लामा सिताराम कुइकेल, दिकपाल भण्डारी श्याम कृष्ण भण्डारी, विजय बस्नेत, अशोक बस्नेत, रमिता केसी, अनिता श्रेष्ठ, सृजना भुषाल, अमला बिष्ट, सुनिता तामाङ अमृता घिमिरे, सुशिला बिष्ट, राममाया नगरकोटी, जमुना श्रेष्ठ र डम्बर बिक निर्वाचित भएका छन् ।
अमृता के सी ( रोनी ) काठमाडौँ, कात्तिक ४ । गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति र छाना निमार्ण तथा सर्वाङ्गीण विकास समन्वय समितिद्वारा आयोजित विजया दशमी, दिपावली, भिन्तुना र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा म्युजिक सामाग्री हस्तान्तरण कार्यक्रम गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
बुधबार सम्पन्न कार्यक्रममा उप प्रमुख शान्ति नेपाल, नगर प्रमुख सल्लाहकार दिपक रिसाल, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ७ का वडा अध्यक्ष केशव गुरुङ, नगर सदस्य बालकृष्ण श्रेष्ठ, वडा ४ का ईकाइ सभापति ज्ञान कुमार श्रेष्ठ लगायत स्थानिय बुद्धिजीवी, समाजसेवी, शिक्षाविद्हरुको बाक्लो उपस्तिथि रहेको थियो।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति अध्यक्ष एवं वडा नं ४ का वडा प्रमुख श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै मन्दिर क्षेत्रमा भएको गतिविधि बारे प्रकाश पारेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख नेपालले गोकर्णेश्वर मन्दिरलाई राम्रो र व्यवस्थित बनाउन नगरपालिकाको आर्थिक सहयोगमा अक्षय कोष व्यवस्था साथै सुनको छाना निमार्ण कार्य भैरहेको बताइन् । साथै नगरपालिका भित्रको धार्मिक अस्तित्व र धार्मिक महत्त्व भएको धरोहरलाई जगेर्ना गर्न सम्पूर्णलाई अनुरोध गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले गोकर्णेश्वर मन्दिरको नामबाट गोकर्णेश्वर नगरपालिकाको नामाकरण भएको बताउदै विश्वव्यापी रुपमा धार्मिक धामको रुप दिन नगरपालिका लागि परेको बताए ।साथै उनले मन्दिर मन्दिर जस्तो बनाई २४ सैँ घण्टा भजन कृतनको सुमधुर धुनले गुन्जायामान होस् भनी म्युजिक सामाग्री हस्तान्तरण गरेको बताए ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति र छाना निमार्ण तथा सर्वाङ्गीण विकास समन्वय समितिका सचीव ईश्वर पाण्डेले मन्दिरमा छाना निमार्णको सुरुको अवस्था देखि हालको अवस्था सम्म भएको आय व्यय प्रतिवेदन प्रस्तुत गर्दै सरोकार वालाहरुलाई मनमा लागेको कुरा सोध्न परेमा बिहान १० बजे देखि बेलुका ५ बजेको समय भित्र समितिको कार्यालयमा आएर जानकारी लिनु हुन समेत अनुरोध गरेका छन् ।
अमृता के सी ( रोनी ) काठमाडौँ, असोज २५।गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित भगवती युवा क्लबद्वारा आयोजित आन्तरिक ब्याटमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ। गोकर्णेश्वर वडा नं ९ को आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिता गो. न. पा. ९ स्थित भगवती युवा क्लबको ब्याडमिन्टन कोर्टमा खेलिएको थियो ।
विजया दशमीको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा, मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खेलाडी उत्पादनमा ब्याडमिन्टन प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त प्रतियोगिता गो. न. पा. ९ का वडा अध्यक्ष राजिव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
भगवती युवा क्लबका अध्यक्ष सन्यज वि. क. को सभापतित्वमा सम्पन्न कार्यक्रममा गो.न.पा-९ वडा सदस्य हरिकृष्ण कारन्जित, गोकर्ण प्रहरी प्रभागका प्रमुख रामजी घिमिरे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो।असोज ९ गते देखि शुरु भएको उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी तर्फ रामजी कुमार श्रेष्ठ घोषित भए भने जुनियर तर्फ उदयमान खेलाडीको रुपमा धर्म शरण श्रेष्ठ र जुनियर तर्फ सुशील तामाङ घोषित भए ।शनिबार सम्पन्न प्रतियोगितामा फाईनल खेलमा बिजेता भएका तपशिल बमोजिमका टिमहरू रहेका छन् ।
सिनियर तर्फबाट १.सुमन ताम्राकार +केदार दवाडी( प्रथम ) २.बिबेक मगर + जयराम आचर्य (द्रोस्रो ) ३.रामहरि श्रेष्ठ + मोहन श्रेष्ठ (तेस्रो )
जुनियर तर्फबाट १.दिनेश के.सि + बिमल कारन्जित (प्रथम ) २.कृष्ण के.सि + राजु श्रेष्ठ (द्रोस्रो) ३.सन्जय बि.क + सुशील तामाङ( तेस्रो )
काठमाडौँ, असोज २४ ।गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सिमानामा स्थित पानी खोल्सामा स्थानियको विरोधको बाबजुद नियम विपरीत संचालित अस्फाल्ट प्लान्ट ( बिटुमिन) कारखाना शनिबार स्थानियहरुले तोडफोड गरेका छन् ।करिब ७० को संख्यामा जम्मा भएका स्थानियहरुले वातावरण प्रदुषण भएको भन्दै नियम विपरीत खोलिएको उक्त कारखाना तोडफोड गरेका हुन् ।
स्थानीय जनतालाई जानकारी समेत नदिई करिब ३ महिना अगाडि संचालन गरिएको उक्त कारखानाबाट निस्किएको धूवाँको मुस्लोले ५ वटा गाउँलाई प्रदुषित गरेपछि स्थानीयहरु विरोधमा उत्रिएका थिए। स्थानीयको चर्को विरोध पछि प्राविधिक रूपमा गोकर्णेश्वर नगरपालिका भित्र गैरकानुनी रुपमा संचालित कारखाना बन्द गराउन नगर प्रमुख सन्तोष चालिसे र वडा अध्यक्ष राजिव थापा माथी दबाब परेको थियो ।स्थानीयको चर्को विरोध पछि त्यतिबेला नगर प्रमुख चालिसेले सात भित्र अस्फाल्ट कारखाना हटाउने वचन दिएका थिए।नगर प्रमुख चालिसेको वचन बद्दता पछि कारखाना साच्चै बन्द भएको जन विश्वास थियो। तर बर्खा सिद्दिए लगत्तै राती-राती अस्फाल्ट कारखाना संचालन गरि वातावरण प्रदुषण भएपछि स्थानीयहरु रात भर सुत्न नसकेको गुनासो गर्दै आएका छन् ।समस्यामा परेका स्थानीयहरु एक हप्ता भरी सामाजिक संजाल मार्फत जोडिएर शनिबार कारखाना तोडफोड गर्न उत्रिएका हुन्। यसै विषयमा गोकर्णेश्वर वडा नं ९ का वडा अध्यक्ष थापाले उक्त अस्फाल्ट प्लान्ट वडाले पहिले बन्द गर्नु भनेर पत्र काटि सकेकोले नियम बमोजिम हटिदिन अनुरोध गरेका छन्।साथै स्थानियहरुलाई आक्रोशीत नभई समझदारीमा आउन आग्रह गरे।
नियम विपरीत खोलिएको भनिएको उक्त कारखाना गोकर्णेश्वर नगर प्रमुखको घर भन्दा करिब २०० मिटरको दुरिमा रहेको छ।
काठमाडौँ, असोज २३ । गायक एवं गितकार सन्जीव श्रेष्ठको स्वरमा ´घमण्डी तिमी हौ `बोलको नयाँ म्युजिक भिडियो घमण्डी सार्वजनिक भएको छ।बेस्ट ब्रदर नेपालको ब्यानरमा निर्माण भएको भिडियोको कृष्ण के एले निर्देशन गरेका छन्।
श्रेष्ठको रचना र संगीत कृष्णको रहेको म्युजिक भिडियोको बिहीबार आदित्य फिल्म युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।भिडियो सम्पादन रमित कुवर तथा विना राउतको रहेको छ ।बडा दशैँको अवसर पारेर सार्वजनिक गरिएको म्युजिक भिडियोमा सुन्दर ठाउँहरु धुलिखेलको गोसाइँकुण्ड हाइड र बूढानीलकण्ठ नगरपालिका स्थित सापाटर कौडोलको रमणीय दृश्यहरु उक्त भिडियोमा कैद गरिएको छ।
अमृता के सी ( रोनी ) काठमाडौँ, असोज २० ।बूढानिलकण्ठ नगरपालिकाले स्थानिय जगडोल स्थित यज्ञडोल जगडोल युवा क्लबलाई आफ्नो वडा अन्तर्गतको सार्वजनिक जग्गामा सरसफाई शौचालय, विश्रामस्थल, पार्क निर्माण, घुम्ती र टहरा पसलको व्यवस्थापनको लागि अनुमती सहितको पत्र हस्तान्तरण गरेको छ। नगरपालिकाले बुधवार एक अनौपचारिक कार्यक्रममा क्लबका पदधिकारीहरुलाई एक पत्र हस्तान्तरण गरेको हो ।
बूढानीलकण्ठ नगरपालिकाले गत वर्ष गरेको ५० लाख रकम मार्फत पार्क तथा भवन निर्माण गर्दै गरेको यज्ञडोल जगडोल युवा क्लबले स्थानिय दार्हे गौडामा रावणको सालीक सहितको पार्क निर्माण गर्ने जनाएको छ। पार्क निर्माणका लागि नगरपालिकाले थप चालिस लाख दिन लागेको क्लबका अध्यक्ष सञ्जय पौडेलले बताए । नगरपालिकाबाट पत्र प्राप्त गरे पछी क्लबका अध्यक्ष पौडेलले वडा अध्यक्ष राजु अधिकारी र नगर प्रमुख उद्धब खरेललाई आफ्नो फेशबुक स्ट्याटस मार्फत् धन्यबाद दिएका छन्। अध्यक्ष पौडेलले लेखेका छन् “साबिक कपन गा बि स हाल बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ११ स्थित सुन्दर गाँऊ जगडोल भित्र अनियन्त्रितरुपमा विकास भएका टहरा व्यवसाय र ति टहरामा अनियन्त्रितरुपमा बिक्रि वितरण गरिने मदिराजन्य पेय पदार्थका कारण सिंगो गाउँ नै असुरक्षित हुने मध्यरातसम्म होहल्ला हुने भए पछी हामीले यज्ञडोल जगडोल युवा क्लब मार्फत यि सबै विकृतीहरुलाई नियमगन गर्नुका साथै धार्मिक महत्व बोकेको जगडोलमा रावणले यज्ञ गर्दै गरेको विशाल मुर्ती सहितको यज्ञ पार्क निर्माण गर्न अधिकार पाँऊ भनी यज्ञ पार्क निर्माण समिती एवं यज्ञडोल जगडोल युवा क्लबको तर्फबाट वडा कार्यालय ११ लाई स्वीकृतिको लागि निवेदन दिएका थियौ ।
यसरी अनियन्त्रित रुपमा दिनहुँ थपिदै गएका टहराहरुका कारण सुन्दर जगडोल बिस्तारै कुरुप समेत बन्दै गए पछी स्थानिय क्लबको दायित्व सम्झिएर हामीले रावणले यज्ञ गर्दै गरेको विशाल मुर्ती सहित नमुना पार्क बनाउने र यस्ता टहराहरुलाई व्यवस्थित गर्न सटर सहितको भवन निर्माण गरी ति व्यवसायहरुलाई करको दायरामा ल्याई सुन्दर जगडोल निर्माण गर्ने प्रण गर्यौं । हाम्रो निवेदनलाई स्विकार गरी वडा कार्यालयले गरेको सिफारिसलाई बूढानीलकण्ठ नगरपालिकाले आज अनुमोदन पत्र हस्तान्तरण गरेको छ ।
अनुमोदन मात्र होईन बूढानीलकण्ठ नगरपालिकाले थप ४० लाख रकम नवनिर्मित पार्क निर्माणको लागि बिनियोजन समेत गरेको छ। यो रकम समेत गरी बु.न.पा.ले हालसम्म गरेको सहयोग ९० लाखको हुनेछ ।
बूढानीलकण्ठ नगरपालिकाले हामीलाई गरेको यो विश्वासको लागि नगर प्रमुख उद्धब खरेल, वडा अध्यक्ष राजु अधिकारी, नगरपालिकाका सरोकालवाला कर्मचारी साथमा यस क्लबका सम्पूर्ण पदाधिकारी अनी जगडोलका अग्रज बा आमा युवा साथीहरु सबै धन्यबादका पात्र हुनुहुन्छ। साथै छिमेकी नगरपालिका गोकर्णेश्वोरले पनि यो पार्क निर्माणका लागि १० लाख छुट्टाएको छ । यो सहयोगको लागि नगर प्रमुख सन्तोष चालिसेलाई पनि यज्ञ पार्क निर्माण समिती एवम् यज्ञडोल जगडोल युवा क्लबको तर्फबाट धन्यबाद दिन चाहन्छौ ।”
काठमाडौँ, असोज २०।बूढानीलकण्ठ नगरपालिका ११ स्थित जगडोल झण्डा पार्कमा दिउँसोको समयमा चार लाख नगद लुटिएको फोन आए पछी स्थानिय प्रहरीलाई दौड धुप भएको छ । आइतबार दिउँसो अन्दाजी १ बजेको समयमा साँखु घर बताउने एक व्यक्तिले आफ्नो ४ लाख रुपैयाँ झन्डा पार्कमा लुटिएको भन्दै प्रहरीको १०० नम्बरमा फोन गरे पछी महानगरीय प्रहरी वृत्त बौद्धका उपनिरीक्षक सहितको टोली पैसा लुटिएको भनिएको ठाँऊ झन्डा पार्क पुगेको थियो । घटना घटेको भनिएको स्थानमा महानगरीय प्रहरी वृत्त बौद्धका उपनिरीक्षक ढुण्डिराज न्यौपाने र गोकर्ण प्रहरी प्रभागका प्रमुख रामजी घिमिरेको टोलि पुगेको थियो। प्रहरी श्रोतका अनुसार पीडित भनिएका व्यक्तीले आफु साँखुको भएको र चितवन जाने भनेर हिडेको बताएका थिए। बैंकबाट नगद चार लाख झिकेर चितवन जान लाग्दा लुटेरा भनिएकाहरुले फोन गरि सुन किन्न झन्डा पार्कमा बोलाएको बयान प्रहरीलाई दिएको प्रहरी श्रोत बताउछ । पिडकहरु पनि मोटर बाइकमा आएको र वरपर बस्ती भएकोले उनिहरुले एकान्तमा जाउ भनी झन्डा पार्क मुनीको गाँऊ पैयाटारमा बाईक राखी हिड्दै उकालो चढ्ने क्रममा लुटेको पीडितले प्रहरीलाई बताएको प्रहरीको भनाई छ । जगडोलमा झण्डा पार्क चढ्ने क्रममा पानी प्यास लागेको र लुटेराहरुले पानी दिएको त्यसपछि आफ्नो पैसा भएको झोला लिएर उनीहरु भागेको पीडितले बताएका छन् । प्रहरीले उक्त मोबाइल नंम्बरमा फोन गर्दा लुटेराहरुको नंम्बर बन्द रहेको जानकारी प्रहरी दिएको छ ।
घटना बारे थप अनुसन्धान भैरहेको समयमा आज बुधवार पीडित भनिएका व्यक्ती नै प्रहरीसँग सम्पर्क बिहिन भएको गोकर्ण प्रहरी प्रभागका प्रमुख रामजी घिमिरेले बताए। पिडित भनिएका व्यक्ती नै सम्पर्क बिहिन भए पछी घटना शंकास्पद भएको घिमिरेले जानकारी दिए।
अमृता के सी ( रोनी ) काठमाडौँ, असोज १९। बूढानीलकण्ठ नगरपालिकाको जगडोल भञ्ज्याङ्गमा दोस्रो सुगम ब्याडमिन्टन प्रतियोगिताको शुभारम्भ गरिएको छ। बूढानीलकण्ठ नगरपालिकाका वडाहरु ११ र १३ का वडा अध्यक्ष क्रमश राजु अधिकारी र श्रीकृष्ण श्रेष्ठले सँयुक्तरुपमा प्रतियोगिताको शुभारम्भ गरेका हुन्। प्रतियोगिता एक हप्तासम्म आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगिता २०७८/०६/१८ गते देखि संचालन भइ २०७८/०६/२५ गते समापन हुने जानकारी दिएका छन् ।
सुगम बचत तथा ऋण सहकारी संस्था लि. र सुगम वेलफेयर सोसाइटीको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्था सुगम सहकारीका सल्लाहकार रवि कुमार पौडेलले गोकर्णेश्वर नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको संगम स्थल रहेको ठाउँ भञ्ज्याङ्गमा नमुना गाउँ बनेको दाबी गरे। नमुना गाँऊ बनाउन स्थानिय सरकार र स्थानिय संघ संस्थाहरुले ठूलो भुमिका निभाएको भन्दै प्रतियोगी खेलाडीहरुलाई शुभकामना दिए।
प्रतियोगिता शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै बू.न.पा. १३ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले सुगम सहकारीले सबैलाई जोड्ने काम गरेको भन्दै खेल जित्न र हार्नको लागि मात्र नभई स्वस्थ जीवनको लागि खेल अपरिहार्य भएको बताए भने बू.न. पा ११ का वडा प्रमुख अधिकारीले खेल बिनाको जीवन नै निरर्थक भएकोले ब्याडमिन्टन प्रतियोगिता आयोजक र व्यवस्थापन टिमलाई धन्यवाद सहित भोलिका दिनहरुमा पनि उक्त प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गरे।
“ स्वास्थ्यको लागि खेल ” भन्ने नाराका साथ वडा बू. न. पा. ११ र १३ का वडा अध्यक्षहरुले खेल खेलेर उद्घाटन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै सुगम वेलफेयर सोसाइटीका अध्यक्ष श्याम राज गौतमले व्यस्त समयमा विभिन्न ठाउँमा छरिएरका दाजुभाइ संयुक्त रूपमा खेल खेल्दा आपसी भाइचारा बढ्ने बताउदैँ उकृष्ट प्रदर्शनको लागि खेलाडिहरुलाई शुभकामना दिएका थिए ।
अमृता के सी ( रोनी ) काठमाडौँ, असोज १६। नेपाली काँग्रेस १४ औं गोकर्णेश्वर नगर अधिवेशनमा अत्यधिक मतले सभापतिमा कुमार लामा निर्वाचित भएका छन् ।
गोकर्णेश्वर नगरपालिका स्थित सुनगाभा व्याङ्क्वेटमा आज भएको निर्वाचनमा जम्मा खसेको मत २०५ थियो। उक्त निर्वाचनमा उपा सभापतिमा बिकास श्रेष्ठ र बटुकृष्ण ढुंगेल, सचिवमा जयराम बिष्ट र रमेश प्रसाद रिजाल, सहसचिवमा गोकुल प्रसाद सिंखडा र अशोक नेपाल निर्वाचित भएका छन् ।
कस्ले कति मत पाए? सभापति :- १)कुमार लामा – १०९
उपा-सभापति:- १)बिकास श्रेष्ठ -११५ २)बटुकृष्ण ढुंगेल -१०२
सचिव :- १)जयराम बिष्ट – १३० २)रमेश प्रसाद रिजाल-९०
सहसचिव :- १)गोकुल प्रसाद सिंखडा -१०३ २)अशोक नेपाल -११४
अमृता के सी ( रोनी ) काठमाडौँ, असोज १६। नेपाली काँग्रेस १४ औँ नगर अधिवेशनको बूढानीलकण्ठ नगर सभापतिमा राजाराम बूढाथोकी निर्वाचित भएका छन्।
बूढानीलकण्ठ नगरपालिका वडा नं ७ स्थित अमुप्रस्थ पार्टी प्यालेसमा आज सम्पन्न अधिवेशनमा उप सभापतिमा शम्भु कार्की र सानुकान्छा श्रेष्ठ, सचिवमा बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी, सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित भएका छन् ।
नव निर्वाचित नेपाली काँग्रेस बूढानीलकण्ठ नगर सभापति बूढाथोकीले नेपाली काँग्रेसको जित भएको भन्दै उपस्थित सम्पूर्णलाई धन्यवाद दिदैं सधैं भरी सहकार्य र एकता कायम गर्ने प्रण र विश्वास दिलाउने बाचाका साथ अग्रजहरुको सल्लाह, सुझाव र पाटिका सदस्यहरुको सहयोगका साथ कार्य गर्ने प्रतिबद्धता जनाए।
कस्ले कति – कति मत प्राप्त गरे ? १)सभापति राजाराम बूढाथोकी-१५५ २)उप सभापति शम्भु कार्की -१७० ३)उप सभापति सानुकान्छा श्रेष्ठ-१८१ ४)सचिव बिजेन्द्र श्रेष्ठ -२०६ ५)सचिव बिजेन्द्र पुडासैनी-१७१ ६)सहसचिव कुमार खड्का-१४७ ७)सहसचिव निर्मला आचार्य पौडेल-१२८
काठमाडौँ,असोज १४। नेपाली काँग्रेस गोकर्णेश्वर नगर सचिवमा जयराम बिष्टले उम्मेद्वारी दिएका छन् ।आसन्न १४ औँ नगर अधिवेशनमा “युवालाई अवसर अग्रजलाई सम्मान ” भन्ने नाराका साथ बिष्टले उम्मेद्वारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेस तरुण क्षेत्रीय कोषाध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवा इकाई क्षेत्रीय प्रतिनिधि बिष्टले असोज १६ गते हुने नगर अधिवेशनमा नगर सचिवका लागि दावेदारी दिएका छन् । लामो समयदेखि समाजसेवामा सक्रिय बिष्टले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी राजनीति बनाउनु पर्ने बताए। बिगत पन्ध्र वर्ष देखि सामाजिक संस्था लायन्स क्लबको विभिन्न पदहरुमा रहि सेवा गरिरहेका, श्री देवि बाल सुधार मा.वि को व्यवस्थापन समितिका अध्यक्ष र स्वतन्त्र टोल सुधार समितिको समेत अध्यक्ष रहेका बिष्टले आफू सचिवमा निर्वाचित भए नेपाली काँग्रेसलाई थप क्रियासिल र चलायमान बनाउने बताए।
अमृता के सी ( रोनी ) काठमाडौँ, असोज १२ । ४२ औं विश्व पर्यटन दिवसकाे अवसरमा नेपाल पर्यटन बाेर्ड र राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वन पर्यापर्टन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिकाे संयुक्त आयाेजनामा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ।
“समावेशी वृद्धिका लागि पर्यटन” भन्ने नाराका साथ गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनमा संस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिब यादब प्रशाद काेइरालाको प्रमुख आतिथ्यतामा सोमबार वृक्षाराेपण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपालका लागी युनेस्को आयोगका महासचिव डा. बाबुराम अधिकारी, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऎर,संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मी बस्नेत, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल, राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देल, महानगरीय प्रहरी प्रभाग गोकर्णका प्रमुख रामजी घिमिरे, पर्यटन बोर्डका पदाधिकारीहरु, स्थानिय सरकारका प्रतिनिधि लगायत स्थानिय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका निमित्त युनेस्को आयोगका महासचिव डा. बाबुराम अधिकारीले राम्रो कामको सुरुवात गर्न सोच बनाए त्यो काम पूरा हुने बताउदै सहिद पार्क जगडोलमा अन्तर्राष्ट्रिय स्तरको युनेस्को अध्यन, अनुसन्धान, प्रयोगात्मक केन्द्र,राष्ट्रिय शहिद संग्राहलय एवं युनेस्को संग्राहलय र औषधि जन्य बोटबिरुवा रोपण गरि हर्बल पार्कको निमार्ण जस्तो तीन वटा महत्वपूर्ण कार्य गर्न खोजेको बताए।
उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऎरले विश्व पर्यटन दिवसको शुभकामना दिदैँ देशभरीको सामुदायिक वनको संजाललाई पर्यापर्यटनको विशेष स्थलको रूपमा विकास गर्ने जमर्को गरेको भन्दै सामुदायिक वन संजाल संग जोडिन गई वातावरणलाई सुरक्षित तरिकाले मानव संस्कृतिलाई टेवा पुग्ने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिब यादब प्रशाद काेइरालाले हरेक राष्ट्रको विदेशी आय आर्जन गर्ने महत्त्वपूर्ण स्रोत पर्यटन भएको बताए।साथै जगडोल अनुपम रुपले प्राकृति सुन्दर खुल्ला संग्राहलय भएकोले शहिद पार्कलाई राष्ट्रिय जगतमा अन्तराष्ट्रीय जगतको पार्क बनाउन अगाडि बढ्न अनुरोध गर्दै नेपाल पर्यटन बोर्डले हालेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा धन्यवाद व्यक्त गर्दै राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलले शहिद पार्क नेपाल सरकार, जनता र साझेदारी निकायहरूको सम्पत्ति भएकोले हातेमालो गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै देश भरीकै सामुदायिक वनको संजाल बनाई पर्यटकीय गतिविधि बढाउने उनले बताए।
काठमाडौँ, असोज ११ । गोकर्णेश्वर नारायणटार बागमती पुल नजिक बस भित्रै चालक मृत अवस्थामा फेला परेका छन्।
सोमबार बिहान बा ५ ख ६५३० नं को बाबा गोकर्णेश्वर बसमा आइतबार राती सुतेका चालकलाई सहचालकले फोन गर्दा फोन नउठाए पछि आएर हेर्दा मृत अवस्थामा फेला परेका हुन्। चालक मृत अवस्थामा फेला परे पछी सहचालकले प्रहरीलाई खबर गरेका थिए । दोलखा फिरफिरे घर भई हाल मुलपानी बस्ने अन्दाजी बर्ष ४५ का बाबा गोकर्णेश्वर यातायातका चालक तुलाराम उप्रेती (बलराम) भनिने व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । शवलाई पोष्टमार्टमको लागि अस्पताल लागिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ ।
अमृता के सी ( रोनी ) काठमाडौँ, असोज ८ । नेपाली काँग्रेसकाे १४ औं इकाई अधिवेशन नगरपालिका अन्तर्गतका वडाहरूमा धमाधम सम्पन्न भैरहेको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश “ख” को सचिव तथा गोकर्णेश्वर नगरपालिकाको उपप्रमुख शान्ति नेपाल र कोषाध्यक्ष किरण के.सी.को वडा रहेकोे गोकर्णेश्वर-४ मा अधिवेशन शुरु भएको चार दिन पछि इकाई र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत हुन नसकेपछि अन्तत आज निर्वाचन पद्धतिबाट नेतृत्व चयन भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित सुनगाभा पार्टी प्यालेसको सभाहलमा गरिएको निर्वाचनमा गो.न.पा. वडा नं ४ को इकाई सभापतिमा ज्ञान कुमार श्रेष्ठ निर्वाचित भएका छन् । उक्त निर्वाचनबाट नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३ प्रदेश “ख ” गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा अधिवेशनमा निर्वाचित १० जना क्षेत्रीय प्रतिनिधिहरु तपशिल रहेका छन् ।
कसले कति मत पाए ?
१) जयराम महत – १४९ २) सन्त कुमार श्रेष्ठ – १४६ ३) राजेश श्रेष्ठ – १३९ ४) किरण केसी – १३६ ५) दयराम श्रेष्ठ – १२७ ६) मनराज श्रेष्ठ -११८ ७) विकेश श्रेष्ठ – ११६ ८) सुदर्शन सिग्देल – ११२ ९) दिपक प्रसाद ढुंगाना- ११० १०) रामजी श्रेष्ठ – १०८
अमृता के सी ( रोनी ) काठमाडौँ, असोज ६। नेपाली काँग्रेसकाे इकाई अधिवेशन नगरपालिका अन्तर्गतका वडाहरूमा सम्पन्न भएकाे छ। सबै इकाईमा सर्वसम्मत नेतृत्व चयन गरिएकाे छ । प्राय वडामा बुथ प्रतिनिथि पनि सर्वसम्मत चयन भएकाे छ ।गोकर्णेश्वर नगरपालिकाको वडा नं ५ मा इकाई देखि क्षेत्रीय प्रतिनिधि सबै सर्वसम्मत चयन गरिएकाे छ ।
नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ५ को इकाई सभापतिमा शेखर सुवेदी सर्वसम्मतले निर्वाचित भएका छन्। मंगलबार पिस ब्यान्केट जोरपाटीमा भएको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित श्री बहादुर योगी लगायतको टिमले सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न गर्नको लागि महत्वपूर्ण भूमिका खेलेको र यसबाट अन्य वडाका साथै देशका अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश गएको जानकारी गराए । नवनिर्वाचित निर्विराेध इकाई समिति यस प्रकारकाे रहेकाे छः
सभापतिः शेखर सुवेदी
उपसभापतिः ज्योति पुडासैनी, सन्तोष लामा
सचिवः दिपक लामा, सन्तोष सुवेदी
सहसचिवः दिपक सापकोटा, रामकुमार तामाङ
सदस्यः देवकी ढुंगाना ,बिन्दा खतिवडा, सोनु लामा रिना थापा सुवेदी, संदेश बराल, राजेन्द्र लम्साल, अजय ढकाल , केशब नेपाल प्रकाश सुवेदी, लक्ष्मी राजामगर, राम बहादुर बस्नेत, लाक्पा शेर्पा, बिरेन राइ नरेश बराल, सुदिप खतिवडा, ममता पुडासैनी, दिपक पुडासैनी, दिपक बस्नेत, सुमित्रा सुनुवार चन्द्रिका लामा, आकाश लामा र प्रदिप लामा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
काठमाडौँ, असोज ६ ।नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं ९ को इकाइ सभापति लागायतका सम्पुर्ण पदमा सर्वसम्मत चयन भएको छ ।वडा नंं ९ को इकाइ सभापतिमा राजिव थापा सहित सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो ।
अधिवेशनबाट उपसभापतिमा निर्मल खतिवडा र विष्णु केसी, सचिव केशव अधिकारी र श्रीकृष्ण कारञ्जीत, उपसचिव उमेश चालिसे, कोषाध्यक्ष अस्मिता श्रेष्ठ, सुजीत सिं ठकुरी र मनोनित कोषाध्यक्ष रोहित देवकोटा चयन भएका हुन्।
उक्त अधिवेशन काठमाडौं क्षेत्र नं. ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले वडा नंं ९ मा विगत देखि नै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै आएको बताउँदै यसबाट अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश जाने बताए।
अमृता के सी ( रोनी ) काठमाडौँ, असोज ६ । नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं ११ को इकाई सभापति लागायतका सम्पुर्ण पदमा सर्वसम्मत चयन भएको छ । वडा नंं ११को इकाई सभापतिमा राधेश्याम कार्की सहित सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थित कपन संगित सरोवर डवलि मन्चमा मंगलबार भएको अधिवेशनबाट उपसभापति डिल्ली रिजाल र नारायण खड्का, सचिवमा आनन्द अधिकारी र सुदर्शन के सी साथै सहसचिवमा उत्तम पौडेल र सबिना देवकोटा चयन भएका हुन्।
जेष्ठ नागरिक एवं क्रियाशिल सदस्य गुण बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको क्षेत्रीय प्रतिनिधिहरुमा आत्माराम पौडेल, शशी प्रसाद शर्मा, बिनोद चालिसे, रामकृष्ण के सी, अच्युत प्रसाद पौडेल, राजाराम बुढाथोकी, दिलिप खत्री, सन्तोष भण्डारी, युवराज संग्रौला र विशु कुमार के सी चयन भएका छन्।
उक्त अधिवेशनबाट खस आर्य तर्फ ज्योती के सी, राजेन्द्र बुढाथोकी, राजेन्द्र अधिकारी, रमा रिजाल र पार्वती अधिकारी (के सी) निर्वाचित भएका छन् भने खुल्ला महिला तर्फ शर्मिला गौतम के सी, आरती कार्की, बविता बुढाथोकी, सुनिता घिमिरे पौडेल र सोम कुमारी घिमिरे चयन भएका हुन्।१४ औं नेपाली काँग्रेस वडा अधिवेशनमा निर्वाचित बूढानीलकण्ठ नगरपालिकाको वडा नं ११ को क्षेत्रीय प्रतिनीधिहरुको नाम तपसिल बमोजिमको छ।