एकै दिन बुढानिलकण्ठ नगरपालिकाका ८१३ जनाले कोभिड विरुद्धको खोप लगाए

अमृता के सी ( रोनी )
काठमाडौँ/नेपाल सरकारले फागुन २३ गते देखि देश व्यापी रूपमा ६५ वर्ष भन्दा माथिको सबै जेष्ठ नागरिकहरुलाई निशुल्क कोरोनाको खोप लगाउन आग्रह गरे संगै फागुन २५ गते बुढानिलकण्ठ नगरपालिकाका ८१३ जनाले एकै दिन कोभिड -१९ विरुद्ध खोप लगाएका छन्। बुढानिलकण्ठ नगरपालिकाको करुणा अस्पताल खोप केन्द्रमा २७१ जना र गंगा लाल हृदय रोग केन्द्रमा ५४२ जनाले खोप लगाएको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

खोप केन्द्र निरिक्षण गर्ने क्रममा फागुन २५ गतेका दिन काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र वडा नं ३ का अध्यक्ष दिपक केसी लगायतले गंगालाल हृदय रोग केन्द्र गएका थिए।