काठमाडौं । नेपालका एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति आफ्नै खर्चमा अनविार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो प्रावधान ल्याएको हो । सरकारले नाकामा कडाई गरी जिल्ला भित्रको जनजीवन सहज बनाउने रणनीति ल्याएको छ । सोहीअनुसार जिल्ला छाडेर जाने र प्रवेश गर्ने व्यक्तिलाई भने कडाई गर्न लागिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति आफ्नै घर अथवा आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम ल्यार्एको छ ।
यस अवधिमा कुनै पनि लक्षण नदेखिएमा त्यस्ता व्यक्तिले पीसीआर परीक्षण गर्नु नपर्ने व्यवस्था समेत भएको छ । पीसीआर परीक्षणका लागि नमुना संकलन गरेको ७२ घण्टाभित्र रिपोर्ट नेगेटिभ आएकालाई मात्र नेपाल आउन अनुमति दिइने व्यवस्था अहिले पनि कार्यान्वयनमा रहेको छ ।