काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्याउन हस्ताक्षर गरेका सांसदमध्ये ११ जनालाई स्पष्टीकरण सोधिने भएको हो । अन्यको हकमा भने थप सोधपुछपछि मात्र निर्णय लिइने ज्ञवालीले बताए ।
एमालका २६ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा हस्ताक्षर गरेका थिए । एमालले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई स्पष्टीकरण सोधिएको हो । उनीहरुले सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउनु पर्ने भएको हो । स्पष्टीकरणका आधारमा थप निर्णय हुने बताइएको छ ।