चितवन । नेकपा एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका अध्यक्ष ओलीले रावललाई उपाध्यक्ष बस्न भन्दै पदाधिकारीको सूचिमा राखेका थिए । तर, यसअघि नै अध्यक्षमा उमेदवारी घोषणा गरेका रावलले ओलीको प्रस्ताव स्वीकार गरेनन् ।
चितवनको सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्रमा ओलील ३०१ जना केन्द्रीय सदस्य र १९ जना पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । रावल भने ओलीको प्रस्तावमा सहमत भएनन् । बन्द सत्र हलमै ओलीको समर्थन र रावलको विरुद्धमा प्रतिनिधीले चर्को नाराबाज समेत गरेका थिए । एमालेको निर्वाचन आयोगले आज बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।