काठमाडौं । नेकपा एमालेको महाधिवेशन आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैन सकिएको छ । केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दै एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको हो । अध्यक्षमा ओलिले भिम रावललाइ हराए । उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भए । महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भए ।
६ उपाध्यक्षका लागि भएको निर्वाचनमा विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले निर्वाचन जिते । उपाध्यक्षमा घनश्याम भुसाल पराजित भए ।
उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भए । ७ सचिवका लागि ९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा योेगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भए । टङ्क कार्की र भिम आचार्य पराजित भए ।