एमाले सचिवालय बैठक आज, स्थानीय तह निर्वाचनको समिक्षा गर्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बोलाइएको छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल गर्ने तयारीमा नेकपा एमाले जुटेको छ ।

सोमबार बस्ने सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले निर्धारण गरेको छ । स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिइने भएको छ । यस्तो काम यसअघि माओवादी केन्द्रले गरिसकेको छ ।