काठमाडौं । अफगानिस्तानले अगस्ट ३० देखि सुरु हुने एसिया कप २०२३ का लागि १७ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ। प्रतियोगिता पाकिस्तान र श्रीलंकामा खेलाइनेछ। अफगानिस्तानको समूहु बी मा श्रीलंका र बंगलादेश छन्।
टिम अफगानिस्तानमा हशमतुल्लाह शाहिदी (कप्तान), रहमान उल्लाह गुरबाज, इब्राहिम जद्रान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जद्रान, मोहम्मद नाबी, इक्राम अलीखिल, राशिद खान, गुलबदिन नाइब, करीम जनात, अब्दुल रहमान, शराफुद्दीन अशरफ, मुजीब उर रहमान, नूर अहमद, सुलेमान साफी, फजलहक फारुकी रहेका छन् । एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ।
एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्। एसिया कपको पहिलो पहिलो खेल अगस्ट ३० मा (९भदौ १३) पाकिस्तानसँग खेलेपछि नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ।
नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ। तीन–तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ (भदौ ३१) मा हुनेछ।