एसीसी प्रिमियर कप: मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेट क्षतिमा २३५ रन बनायो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनायो ।

मलेसियाका कप्तान अहमेद फैजले ७६ रन बनाए । फैजले ९५ बलमा आठ चौका र एक छक्का प्रहार गरे । ओपनर वीरन्दिप सिंहले ४६ रन जोडे । २२–१ को अवस्थाबाट यी दुईले ११६ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए ।

यस्तै, खिजर हायातले २२, स्यार्जुल इद्रुसले २१, मुहम्मद अमिरले १७, मुहम्मद सहादतले १५, सयेद अजिजले १३, विजय उन्नीले १२ रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन विकेट लिए । ललित राजवंशीले दुई र गुल्सन झा एक विकेट लिए ।