ए-डिभिजन लिगको खेल तालीका सार्वजनिक, दैनिक दुई खेल हुने

goalnepal

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग फुटबलको खेल तालीका सार्वजनिक गरेको छ । एन्फाका अनुसार हरेक दिन दुई खेल संचालन हुने छन् । प्रतियोगिता कात्तिक २९ बाट शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् । उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे शुरु हुनेछ ।


पहिलो चरणका अन्य खेल दशरथ रङ्गशाला र एन्फा दुवै मैदानमा आयोजना हुनेछन् । दैनिक दुइर्ए खेल हुनेछन् । त्यसमध्ये दिउँसो १२ बजेको खेल एन्फा कम्प्लेक्स र दिउँसो ३ बजेको खेल दशरथ रङ्गशालामा आयोजना हुनेछ । लिगको तेस्रो चरणपछिका खेल नयाँ मैदान च्यासलमा रहेको टेक्निकल सेन्टर र मनाङका केही खेल पोखरा रङ्गशालामा हुन सक्ने एन्फाको भनाई छ । एन्फाले अहिलेलाई सुरुवाती दुई चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ । त्यसपछिको तालिका सार्वजनिक भए पनि खेल स्थल भने तोकिएको छैन ।

फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागि छन् । दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ । लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले नगद पुरस्कार पाउने छन् ।