कट्रिना कैफ र विक्की कौशल विवाह बन्धनमा बाँधिए, शाही अन्दाजमा मण्डप

HYPE PR\BBC HINDI

राजस्थान । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिएका छन् । राजस्थानस्थित सवाई माधोपुरको बरवाड़ा किल्लामा रहेको सिक्स सेंसेज़ होटलमा धुमधामसाथ यो विवाह सम्पन्न भएको हो । विवाहको मण्डप परपरागत शाही अन्दाजमा सजाइएको थियो ।

यस इभेन्टलाई मध्यनजर गरि निकै गोपनीयता अपनाइएको थियो । संचारमाध्यमलाई प्रवेश रोकिएको थियो । विवाहको चर्चा भारत र बलिउड मन पराउने संसारभर भइरहेको थियो । विवाहमा बलिउडका कलाकार तथा व्यापारीहरु सहभागी भए । तर, को को सहभागी थिए भन्ने खुलाइएको छैन ।