कनेक्टिकट
कोरोना भाईरस Covid – 19 महामारीको प्रकोपले कनेक्टिकट राज्य र यसका कयैन शहरहरु अहिले प्रभावित बनेको अवस्था छ । हामी र हाम्रो समुदाय यस महामारीबाट अत्यन्त त्रसित बनिरहेकाछौं । यस विषम परिस्थितिमा अत्यन्त संयम भएर सुरक्षाका उपायहरु अपनाउनु हुनको लागि कनेक्टिकट नेपाली समाज (नेकोन, युएसए) ले सबैमा हार्दिक अनुरोध गरेको छ । त्यस्तै गरि यस महामारी सम्बन्धि केही प्रश्न र जिज्ञासाहरु भएमा त्यसलाई सम्बोधन गर्नको लागि संस्थाले स्वास्थ्य क्षेत्रमा काम गर्नु हुने विज्ञहरुको एक मेडिकल टिम बनाईएको विषयमा संस्थाका सचिव भद्र राईले एक ईमेल विज्ञप्ति मार्फत संस्थाका सम्पूर्ण सदस्यहरुलाई सूचित गर्नुका साथै संस्थाका तर्फबाट गर्नु पर्ने सहयोगको लागि जुनसुकै बेला तयार रहेको जानकारी पनि गराउनु भयो । संस्थाको सदस्यहरुलाई अहिलेको महामारी र आफ्नो स्वास्थ्य सम्बन्धी कुनै जिज्ञासाहरु भएमा टिमका कुनै पनि सदस्यहरुलाई सम्पर्क गरेर जिज्ञासा राख्न सकिने कुरा पनि वहाँले बताउनु भएको छ र मेडिकल टिमका सदस्यहरु देहाय बमजिमका छन् ।
संयोजक: डा. झरेन्द्र रिजाल: 860 – 929 – 0905, डा. दिनेश मैनाली: 413 – 454 – 1678, डा. मनोज भण्डारी: 718 – 722 – 3931, डा. सन्तोष शर्मा: 303 – 330 – 3782, निशा राणा (पिए): 203 – 623 – 6494, रेखा गौतम: 860 – 655 – 4111, सुशिला लम्साल (रेडियोलोजिस्ट): 860 – 819 – 1146, मिलन श्रेष्ठ (आरएन): 860 – 655 – 7048, यशोदा भण्डारी (आरएन): 860 – 841 – 4746, निकिशा विष्ट हमाल (आरएन): 860 – 402-7244, विस्मिता घिमिरे (आरएन): 203 – 993 – 0266
त्यस्तै गरि यस महामारीले विश्वलाई नै आतंकित बनाएको समयमा नेपाली समुदायलाई सहयोग गर्नको लागि मन वचन र कर्मले तयार रहनु हुने उल्लेखित मेडिकल टिमका सम्पूर्णमा कार्य समिति तथा नेकोन परिवार हार्दिक आभार व्यक्त गरेको छ ।