कपन सिद्देश्वर मन्दिर क्षेत्रबाट लागु पदार्थ सहित तिन जना पक्राउ


अमृता के सी ( रोनी )
काठमाडौँ,जेष्ठ २६ ।बूढानिलकण्ठ नगरपालिका वडा नं १० कपन सिद्देश्वर मन्दिर क्षेत्रबाट लागु पदार्थ सहित तिन जना पक्राउ परेका छन्।महानगरीय प्रहरी प्रभाग कपनको टोलीले मन्दिर क्षेत्रमा लागु औषध सेवन तथा बिक्रि बितरण भई रहेको सूचना प्राप्त हुनासाथ जेष्ठ २५ गते साँझ करिब ५ बजेको समयमा उक्त क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथ तथा निजहरु बस्ने घर कोठामा खानतलासी गर्दा डाईजिपाम २७ थान नोफिन ३२ थान फेनेर्गान ५९ थान गरी जम्मा ११८ थान तथा लागु औषध बिक्रिबितरणको लागी प्रयोग हुने ठूलो सानो गरी रबर जम्मा ३५० ग्राम र प्रयोग भइसकेको डाइजिपाम , फेनेर्गान नोफिनको खाली एम्पुल जम्मा १२९ थान फेला परेको थियो।

उनीहरुलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको छ ।