कम्बोडियाले सबै नागरिकलाई कोरोनाको खोप निःशुल्क लगाउने

Photo: Manan Vatsyayana/ AFP via Getty Images

काठमाडौं । कम्बोडियाले आफ्ना सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाउने भएको छ । प्रधानमन्त्री हुन सेनले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार खोप पुरै जनसंख्याले प्राप्त गर्नेछ ।

नागरिकबाट खोपवापत सरकारले कुनै शुल्क पनि लिने छैन । उनले निःशुल्क खोप प्रदान गर्ने गरी सरोकारवालासँग परामर्श गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् । त्यसका लागि स्रोत व्यवस्थापनको जिम्मा उनले आफ्ना अर्थमन्त्रीलाई दिएका छन् ।

उनका अनुसार मुलुकमा पहिलो चरणमा उच्च जोखिममा रहेका नागरिकले खोप पाउने छन् । यसका लागि पहिलो चरणमै १० लाख खोप ल्याइने भएको छ । दोस्रो चरणमा ३० लाख खोप ल्याएर क्रमशः सबै नागरिकमा लगाउने तयारी कम्बोडियाले गरेको हो ।

कम्बोडिया कोरोना भाइरसको उच्च संक्रमणबाट बच्न सफल मुलुकमध्ये एक हा । यहाँ अहिलेसम्म मात्र ३४८ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यहाँ मृत्युको रेकर्ड छैन ।
एजेन्सी