सुर्खेत । नेपालमा शनिबार बिहानै १४ जनामा कोरोना पुष्टी भएको छ । कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लामा भएको परीक्षणमा दैलेखका १४ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले उल्लेख गरेको छ ।
थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं २ का एक, वडा नं ३ का एक, वडा नं ४ का तीन, वडा नं ६ का एक, वडा नं ८ का दुई, वडा नं ९ का दुई, वडा नं १० का दुई र वडा नं ११ का दुई जना रहेको प्रतिष्ठानले जनाएको छ । संक्रमित सबै जना भारतबाट हालै फर्किएका व्यक्ति हुन् ।
अब दैलेखमा संक्रमितको सख्या ३० र कर्णालीमा ६० पुगेको छ । केही दिन अगाडीसम्म सुरक्षित कर्णाली अब कोरोनाबाट बढी प्रभावित प्रदेश मध्ये मै परिसकेको छ । नेपालमा १२ सय भन्दा बढी व्यक्तिमा कोरोना पुष्टी भइसकेको छ । २ सय ६ जना निको भएका छन् ।