काठमाडौं । कलंकीको अन्डरपासमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । दुई जनालाई मारेर भागेको टिपरलाई लुकाइराखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर टिपर भागेको थियो । टिपर चालक भने अझै फरार छन् ।
उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा ४ ख८५७९ नम्बरको टिपर नख्खु पुलवारि चन्द्र सुर्य ग्यारेजमा लुकाएर राखिएको थियो ।
बिहीबार बिहान साढे १२ बजेतिर अन्डरपासमा बल्खुबाट स्वयम्भुतिर जाँदै गरेको उक्त टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटरसाइकलमा सवार दुबै जनाको घटनास्थलमै निधन भएको हो ।
टिपरले प्रदेश २, ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको ज्यान गएको हो ।
उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । अस्पतालले मृत घोषित गरेको हो ।