काँग्रेस गोकर्णेश्वर-९ को इकाई सभापतिमा राजिव थापा सहित समितिमा सर्वसम्मत चयन

काठमाडौँ, असोज ६ ।नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं ९ को इकाइ सभापति लागायतका सम्पुर्ण पदमा सर्वसम्मत चयन भएको छ ।वडा नंं ९ को इकाइ सभापतिमा राजिव थापा सहित सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिवेशनबाट उपसभापतिमा निर्मल खतिवडा र विष्णु केसी, सचिव केशव अधिकारी र श्रीकृष्ण कारञ्जीत, उपसचिव उमेश चालिसे, कोषाध्यक्ष अस्मिता श्रेष्ठ, सुजीत सिं ठकुरी र मनोनित कोषाध्यक्ष रोहित देवकोटा चयन भएका हुन्।

उक्त अधिवेशन काठमाडौं क्षेत्र नं. ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले वडा नंं ९ मा विगत देखि नै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै आएको बताउँदै यसबाट अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश जाने बताए।