कांग्रेसको प्रदेशसभा अधिवेशन आजबाट

काठमाडौं । नेपाली कांग्रेसले पहिलोपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्न लागेको छ । १४औँ महाधिवेनको एक भाग प्रदेशसभा क्षेत्रीय अधिवेशन शुक्रबारबाट सुरु हुनेछ । स्थानीय तहको अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी गराएको हो । समितिका अनुसार शुक्रबार अधिकांश जिल्लामा अधिवेशन सम्पन्न न हुने छ । शुक्रबार अधिवेशन नहुने जिल्लामा भने जिल्ला निर्वाचन अधिकृतले नयाँ मिति तोक्ने तयारी छ ।

३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुँदैछ । कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमै प्रदेशसभा क्षेत्रीय कार्यसमिति छानिसकेको छ । प्रदेशसभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चुन्ने भएको हो । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी छान्ने प्रावगधान छ । कांग्रेसको प्रदेशसभा अधिवेशन मंसिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुनेछ ।