काठमाडौं । संसदमा देखिएको गतिरोधका सम्बन्धमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो साढे १ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा सभामुख चयनमा देखिएको अन्यौल र यसले पारेको प्रभावका सम्बन्धमा छलफल हुने बताइएको छ ।
कांग्रेसले सभामुख चयनमा ढिलाई गरेर सत्तारुढ नेकपाले संसदलाई बन्धक बनाएको आरोप लगाइरहेको छ ।
सत्तारुढ नेकपाबाट सभामुखका उम्मेदवार छनोट हुन नसकेपछि तीन पटकसम्म प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ ।
अर्को बैठक ६ माघका लागि बोलाइएको छ । गतिरोध हटाउन दवाव सिर्जना गर्ने कांग्रेसको तयारी रहेको छ ।