काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका कोरोना प्रकोपको दोश्रो लहरको क्रममा उच्च जोखिममा

अमृता के सी ( रोनी )

काठमाडौँ ,बैशाख २२ । काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका कोरोना प्रकोपको दोश्रो लहरको क्रममा उच्च जोखिममा परेको छ। गोकर्णेश्वर नगरपालिका भित्र २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख २१ गते सम्ममा १८८ जना महिला र २३३ जना पुरुष गरि कुल ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।

परिक्षणको दायरा साँघुरो भएकोले यो संख्या देखिए पनि आगामी दिनमा यो संख्या निकै बढ्ने देखिन्छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दैनिक रुपमा बढ्दै गएको छ।गोकर्णेश्वर नगरपालिकाका सबै वडामा दैनिक रुपमा कोरोना संक्रमितहरुको संख्या बढे संगै नगरवासीहरु पनि उच्च जोखिममा परेका छन् ।

आगामी दिनमा स्थितिलाई थप भयावह बन्न नदिनका लागि निषेधाज्ञा थप कडाइका साथ लागु गर्नुपर्ने देखिन्छ। पसल व्यवसाय खुलेको समयमा पसलहरुले सामाजिक दुरी कायम सुरक्षा विधि पनि अपनाउन लगाउनुका साथै नगरपालिकाले सबै पसल व्यवसायीहरुलाई अनुगमन गदै सचेत बनाउनु पर्ने देखिन्छ। कोरोना भाइरस रोकथाम सहयोगको लागि पहल नगरेको खण्डमा गोकर्णेश्वर नगरपालिका ठूलो जोखिममा पर्ने देखिने भएकोले तुरुन्त सचेतना फैलाउनु पर्ने देखिन्छ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित :

वडा नं १ : १६ जना

वडा नं २: २४ जना

वडा नं ३: २१ जना

वडा नं ४: ३६ जना

वडा नं ५: ८२ जना

वडा नं ६: ८६ जना

वडा नं ७: ४१ जना

वडा नं ८: ३७ जना

वडा नं ९: २० जना