न्युयोर्क
नेपालस्थित अमेरिकी दुतावासले काठमाडौंमा नेपाली हिन्दूहरुको महान चाड बडा दशैं भब्य रुपमा मनाएको छ । नेपालस्थित अमेरिकी दुतावासले आफ्नो अधिकारिक फेसबुकबाट दशैं मनाएको भिडियो तथा केही तस्बिरहरु समेत सार्वजनिक गरेको छ ।
नेपाली धर्म संस्कृती रिती रिवाज र चाडपर्बलाई नजिकबाट नियाल्दै, सहभागि हुँदै आएको काठमाडौंस्थित अमेरिकी दुताबासको तर्फबाट राजदुत र्याण्डी बेरीले दुताबास र नियोगका कर्मचारीहरुलाई बिजया दशमीको उपलक्ष्यमा टिका तथा जमरा लगाई दिए भने राजदुत बेरीले पनि टिका थापेका छन् । राजदुतावासले वार्षिक दशैं कार्यक्रम भन्दै दुताबासका कर्मचारीले “रातो टिका निदारमा” बोलको गीतमा नृत्य गरेको भिडियो समेत सार्बनजिक गरेको छ ।
साथै, बिजया दशमीको उपलक्ष्य पारेर अमेरिकी दुतावासले;
“तपाईंहरूको जीवन शुभआशीष, खुशी, मुस्कान, शान्तिले भरियोस् । नेपाल र विश्वभर यो अवसर मनाइरहनु भएका सबैमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना” भनी शुभकामना ब्यक्त गरेको छ ।