काठमाडौं । काठमाडौंमा ड्युटीमा खटिएका दुई प्रहरीमाथी कोरोना संक्रमण पुष्टि भएको छ।
महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना भएको देखिएको पुष्टि भएको छ ।राजधानीमा प्रहरी नायव निरीक्षक( सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको वृत्तले पुष्टि गरेको छ ।
उनीहरु दुवैजना लकडाउनको समयमा फिल्डमा खटिएको बताइएको छ ।
यसअघि काठमाडौं र भक्तपुरमा समेत सशस्त्र प्रहरीका दुई जनामा कोरोना संक्रमण देखिएको छ । सङ्क्रमित सबैको अहिले अस्पतालमा उपचार जारी छ ।
महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा समेत शनिवार संक्रमण पुष्टि भएको छ ।