काठमाडौंमा रहेका भारतीयलाई साउदी लैजान १० उडान अनुमति जारी

काठमाडौं । काठमाडौं । नेपालमा निषेधाज्ञा घोषणा तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लागेपछि अड्किएका भारतीय नागरिकलाई भारतीय दूतावास र साउदी अरेविया सरकारको समन्वयमा साउदी जाने अनुमति दिइएको छ । नेपाल सरकारले कुल १० वटा उडानको अनुमति दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट नेपाल एयरलाइन्सले ७ र हिमालय एयरलाइन्सले ३ उडानबाट भारतीय नागरिकलाई साउदी लैजाने भएका छन् । यी उडानको टिकट सम्बन्धित यात्रुले काट्नु पर्नेछ । १८ मेबाट नेपाली दुई अन्तराष्ट्रिय वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरले भारतीय नागरिकलाई साउदी लैजान शुरु गर्ने भएका छन् । यो चार्टर्ड उडान हुने छ ।

भारतीय नागरिकलाई सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरि टिकट काट्न प्राधिकरणले सूचित गरेको छ । नेपालमा रहेका विदेशी नागरिकलाई घर फर्काउन सम्बन्धित मुलुकका दूतावासको समन्वयमा उडानको व्यवस्थापन गर्न लागिएको छ ।