काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा जारी छ । यस्तो वर्षा आज पनि जारी छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। मंगलबार दिउँसो सामान्यदेखि पूर्ण बदली रहनेछ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। साथै केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना पनि छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ। पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।