काठमाडौं । काठमाडौंमा हैजाका बिरामी भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको हो । उनहिरुको दिसाको परीक्षणबाट हैजा पुष्टि भएको अस्पतालले जनाएको छ । र्यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि हैजाको आंशकामा बिहीबार अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। उनीहरुको अवस्था सामान्य छ ।
सोमबार आईसीयूबाट वार्डमा सार्ने तयारी समेत गरिएको छ । काठमाडौंमा लामो समयदेखि फोहोर उठ्न सकेको छैन । यसले हैजाको जोखिम बढेको आशंका गरिएको थियो । ठूलो जनसंख्या, खानेपानीको सुरक्षित व्यवस्थापन नहुनुका कारण काठमाडौंमा हैजा अझ जोखिमपूर्ण मानिन्छ । हैजा सरुवा रोग हो ।