काठमाडौं । काठमाडौंमा गत रातीदेखि परेको अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा डुबान भएको छ । प्रहरीका अनुसार बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको अनुमान छ । कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेका छन् । मानिसहरुको भने सुरक्षित उद्धार गरिएको छ । मानवीय क्षतिको भने विवरण छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा राति साढे २ बजेदेखि पानी पर्न थालेको हो।
काठमाडौंमा ३८२ घर डुबानमा
