ठुला सहर कोरोनाको चपेटामा; अवस्था भयावह हुने चेतावनि

काठमाडौं । काठमाडौं उपत्यका सहित देशभरका ठूला शहर क्रमशः कोरोना भाइरसको चपेटामा आउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमितको संख्या २ हजार नाघेको छ । यहाँ दुई हजार १३४ जना सङ्क्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सोमबार मात्र उपत्यकामा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो। यसमध्ये काठमाडौँ जिल्लामा मात्र एक हजार ७ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा २ सय ८२ जना र भक्तपुरमा १ सय ४७ जना रहेको मन्त्रालयको तथ्यांक छ । उपचारपछि निको भएर घर फर्कनेको संख्या भने मात्र २ सय ४१ जना रहेको छ । उपत्यका भित्र १० जनाको कोभिड–१९ को कारणले ज्यान गइसकेको छ । उता चितवनमा हरेक दिन कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीब्र बनेको छ । मंगलबार मात्र ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४६ जनासहित ५० जनामा कोरोना पुष्टि भएको हो। कोरोनाको अर्को हटस्पट बनेको जिल्ला हो पर्सा । यहाँका १४ पालिका मध्ये वीरगन्ज महानगरसहित ४ वटा नगरपालिकाका नगर प्रमुख नै संक्रमित छन्। पर्सामा आइतबार साँझ थप ७६ जनामा रिपोर्ट पोजेटिभ आएको छ।

पर्सामा कुल संक्रमितको संख्या १ हजार २ सय २५ पुगेको छ । उता, बारामा हालसम्म संक्रमण पुष्टि भएका बिरामीको ४ सय ७५ रहेको छ । विज्ञहरुले भने शहरी इलाकामा संक्रमण बढ्नुलाई सबैभन्दा जोखिमपूर्ण अवस्था मान्दछन् । यसले छिटो संक्रमण बढाउने र अवस्था भयाभह हुन सक्ने चेतावनी विज्ञहरुको रहेको छ ।