काठमाडौं । काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा एक साता थप हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो। निषेधाज्ञा लागू भएको डेढ महिना पछि पनि कोरोना संक्रमणको जोखिम कम नभइसकेकाले निषेधाज्ञालाई निरन्तरता दिन लागिएको जनाइएको छ ।
तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने भएको छ। त्यस्तै खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ।