काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बियो, विद्यालय खोल्न यी सर्त अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप भएको छ । उपत्यकाका सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

थपिएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्नर गराउन नपाउने जनाइएको छ।

यस्तै, चोकरखुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नर गराउन नपाउने पनि जनाइएको छ।

भदौ १७ गतेदेखि ३० गतेसम्म लागू हुने गरी जारी गरिएको सूचनामा आर्थिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि भनिएको छ।

स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन तथा शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने र गर्नैपरेमा स्थानीय तहको समन्वयमा जिल्लास्थित कोभिड व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने प्रशासनको आदेशमा उल्लेख छ।