काठमाडौं । काठमाडौँको गोकर्ण रिसोर्ट नजिक थली ओरालोमा बालुवा बोकेको टिपर अस्थायी टहरामा पल्टिएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । महानगरीय प्रहरी वृत्त बौद्धलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे साँखु चाबहिल सडक खण्डको थलीमा पल्टिएको हो ।
सो क्रममा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएका साइला तामाङ र जयन्ती तामाङ छन्। उनीहरुको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। थली ओरालोमा अनियन्त्रित भएको टिपर टहरोमाथि पुगेको हो ।