काठमाडौं । काठमाडौं महानगरपालिकाले थप तीन वटा अत्याधुनिक वारुण यन्त्र (दमकल) ल्याएको छ ।पूर्व मेयर विद्यासुन्दर शाक्यकै पालमा खरिद प्रक्रिया अघि बढाइएका ती दमकल अहिले आइपुगेका हुन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ३ वटा दमकल आइपुगेको जानकारी दिएका हुन् ।
महानगरले करिब ८ करोड रुपैयाँ लगानीमा ३ वटा दमकल ल्याएको जनाइएकाे छ । ३ हजार लिटर पानी ट्याङकरको क्षमता भएको यस दमकलले ६० मिटरमाथिसम्म आगाे निभाउन सक्ने बताइएकाे छ ।
थप दमकलको सहयोगले आगलागीको रोकथाम र क्षति कम गर्न सहयोग पुग्ने प्रमुख शाहको विश्वास छ ।