काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता, कसले कति ल्याए ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

५९ हजार ९७ मत गणना गर्दा बालेनले २३ हजार ५८४ मत पाएर लिड गरिरहेका छन् ।

यता, नेकपा एमालेका उमेदवार केशव स्थापितले १२ हजार ३८० मतले दोस्रो स्थानमा छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत पाउँदै तेस्रो स्थानमा छिन् । हाल वडा नं। ६, ७, ८, २७, २९, ३१ र ३२ को मतगणना भइरहेको छ ।

उपमेयरतर्फ भने एमाले उम्मेदवारको मतान्तर निकै बढी छ। सूर्यले २३ हजार १७ मत ल्याइसक्दा लौरोले २ हजार ४४८, कलमले ७३७३, हलोले ५१६८ मत ल्याएको छ।